क्षेत्रीय समिति विराटनगरमा धन्यवाद ज्ञापन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७४ भाद्र ८ गते देखि १२ गते सम्म नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) के.स.
का उपाध्यक्ष दामोदर के सी. ,मोहन प्रसाद फुयाल एवं क्षे.स विराटनगरका अध्यक्ष प्रकास शर्मा,
उपाध्यक्ष द्वय शंकर राणा, सुशिल ओझा, सचिव सूर्य नारायण शाह सह-सचिव लक्ष्मी पराजुली
कोषाध्यक्ष निरंजन भट्टराई क्षेत्रगत इन्चार्ज के.स. नरेन्द्र बहादुर बस्नेत को टोलिले विराटनगर क्षेत्र
अन्तर्गतका इ.सका. लाहान गाईघाट, राजविराज, इनरुवा, झुम्का , इटहरी, धरान, धनकुटा,
विराटचौक, पथरी, उर्लावारी दमक, बिर्तामोड धुलावारी, काकडभित्ता, चन्द्रगढी, भद्रपुर, इलाम र
पू.क्षे.नि. विराटनगर एवं दू.सं.का. विराटनगरमा संयुक्तरुपमा अन्तरक्रियात्मक छलफल गर्नुका साथै कम्पनीका Project लगायत कर्मचारीको चासो र सरोकारका विषयमा संगठन को धारण के.स. का उपाध्यक्ष दामोदर के सी. मोहन प्रसाद फूयालले राख्नु भएको थियो भने क्षेत्रगत विषयमा क्षेत्रिय अध्यक्ष प्रकाश शर्माले प्रष्ट पार्नु भई उक्त कार्यालय हरुमा संगठन को तर्फबाट भ्रमणका कार्यक्रम सम्पन्न भयो । क्षेत्रिय समिति विराटनगरले के.स. का उपाध्यक्ष श्री दामोदर के.सी र श्री मोहन प्रसाद फूयालको उपस्थितिमा आफ्नो पूर्ण बैठक समेत विभिन्न निर्णय गर्दै २०७६/०६/१३ मा
विराटनगरमा सम्पन्न गरेको छ ।

Leave a Reply