
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले केन्द्रीय प्रशिक्षण विभाग तथा काठमाडौं क्षेत्रीय समितिको संयुक्त आयोजनामा यस समिति अन्तर्गतका इकाई समिति अध्यक्ष तथा सचिवहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सो प्रशिक्षण कार्यक्रम काठमाडौं क्षेत्रीय समितिका अध्यक्ष दिपक चौलागाईंको अध्यक्षतामा संगठनका केन्द्रीय उपाध्यक्षद्वय रामदत्त पन्त तथा कृष्ण ज्ञवाली साथै महासचिव तेज शाहीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो।
सो कार्यक्रममा संगठनका केन्द्रीय महासचिव तेज शाहीले संगठनका समसामयिक गतिविधिका बारेमा प्रकाश पार्दै संगठनलाई गतिशील, चलायमान र संगठनात्मक पद्धति विकासमा प्रशिक्षण कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनु भयो। साथै वहाँले कर्मचारीको वृत्तिविकास, सामाजिक सुरक्षा, सेवासुविधा लगायतका बिषयमा कुनै सम्झौता नगरिने धारणा राख्दै कम्पनीको समृद्धिका लागि ८७ बुँदे सम्झौता कार्यान्वयन गर्न व्यवस्थापनलाई सजग गराइएको कुरा जानकारी गराउनु भयो।
सो बैठकमा अध्यक्ष चौलागाईंले काठमाडौ क्षेत्रीय समितिबाट भए गरेका गतिविधिको बारेमा जानकारी गराउदै कम्पनी र कर्मचारीका हकहितका सवालमा क्षेत्रीय समिति सदैव सचेत रहने कुरा बताउनु भयो।

कार्यक्रममा काठमाडौं क्षेत्रीय समितिका उपाध्यक्षद्वय पुष्प गुरागाई र अमृता अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो भने समितिका सहसचिव तथा प्रशिक्षण उपसमितिका संयोजक मोहन घिमिरेले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो।
सो कार्यक्रममा प्रशिक्षक डा. किशोर अधिकारीले नेतृत्व विकास,पेशागत महासंघका उपाध्यक्ष लाल बहादुर पार्खिनले संगठनात्मक पद्धति र अनुशासन साथै यूनियनका केन्द्रीय समिति सचिव, कानुन तथा प्रशिक्षण विभागका संयोजक तोयानाथ भट्टराईले संगठनको आचरण तथा कम्पनीको विनियमावली सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे।
कार्यक्रममा लगभग ६० जना प्रशिक्षार्थी सहित केन्द्रीय र क्षेत्रीय समितिका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियोे। काठमाडौं क्षेत्रीय समिति प्रशिक्षण कार्यक्रममा सहभागी सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।